विप्लव समूहका जिल्ला सेक्रेटरी र युवा नेता पक्राउ

साउन ६, काठमाडौ— विप्लव समुहमा आवद्ध दुइ जना नेता पक्राउ परेका छन ।

विप्लव नेतृत्वको नेकपा युवा संगठनका कर्णाली ब्युरो इन्चार्ज जगत बहादुर बिष्ट र  जुम्ला जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही हिमा गाउँपालिकाको धाँचुगाउँबाट सोमवार विहान पक्राउ परेका हुन ।

बिष्ट र शाही गाँउमा आएको सुचनाका आधारमा खटिएको प्रहरी टोलीले घरमा सुतिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालले इमेल खवर डट कम लाई जानकारी दिए ।

उनीहरुका बारेमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।