अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण क्लब खेलमा इंग्लिस क्लब लिभरपुल, स्पेनिस क्लब सेभियासँग पराजित

साउन ६, काठमाडौं— अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण क्लब खेलमा स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा सेभियाले लिभरपुललाई २-१ गोलअन्तरले हराएको हो ।

नोलिटो र एलेजेन्ड्रो पोजोले गोल गरेपछि सेभियालाई जित सुनिश्चित भएको थियो । तर लिभरपुलका लागि डिभोक ओरिडीले पनि गोल गरे ।

खेलको ३७औं मिनेटमा सेभियाका नोलिटोले गोल गरेका थिए । तर खेलको ४४औं मिनेटमा लिभरपुलका ओरिडीले गोल गर्न भ्याए । पहिलो हाफसम्म लिभरपुल र सेभियाको १—१ गोलमा बराबरी खेल भयो ।

अन्तत जोरिस गङनोनले खेलको ७६औं मिनेटमा रातो कार्ड पाएपछि सेभियाको टिम १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि सेभियाविरुद्ध बाँकी समयमा लिभरपुलले गोल गर्न सकेन ।

उल्टै खेलको ९०औं मिनेटमा सेभियाका लागि पोजोलले गोल गरेपछि २—१ गोलअन्तरको जित सुनिश्चित गर्यो ।