कालीगण्डकी करिडोर अन्तर्गत रामपुर–पिपलडाँडा सडक खण्ड निर्माण सात महिनामा ७.६ प्रतिशत मात्रै

साउन ६, काठमाडौं— रामपुर–पिपलडाँडा सडक खण्ड सुरु भएको सात महिनामा जम्मा ७.६ प्रतिशत मात्र सकिएको छ ।

१३१.७ किलोमिटर लामो गैंडाकोट–रामपुर–पिपलडाँडा सडक खण्ड सरकारले महत्व दिएर निर्माण गरिरहेको कालीगण्डकी करिडोर आयोजना हो ।
उत्त सडक खण्ड निर्माण गत नोभेम्बरमा ठेक्का सम्झौता भई डिसेम्बरदेखी काम सुरु भएको थियो ।

सुरु भएको सात महिनामा सात प्रतिशत मात्र काम भएपछि यसमा सरकार पनि सन्तुष्ट नभएको सडक सुधार तथा विकास आयोजना निर्देशनालय डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी रमेशप्रसाद पौडेलले बताए ।

कालीगण्डकी करिडोर अन्तर्गत उक्त सडक विस्तार गर्ने योजना सरकारको २०६४ सालदेखि हो । विभिन्न कठिनाईका कारण ट्र्याक खोल्ने काम २०६९ देखि मात्रै सुरु गरिएको थियो । यसका लागि सन् २०१४ मा नेपाल र भारत सरकारबीच सम्झौता भएको थियो।

गत डिसेम्बरमा भारतीय इकेके इन्फास्ट्रक्चर लिमिटेडले उक्त सडक खण्ड निर्माणको लागि चार अर्ब ८८ करोड रुपैयाँ लागतमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो।