विप्लव समूहका पोलिटब्युरो सदस्य माइला लामाबाट चन्दाका लागि तयारी गोप्य दस्तावजेज वरामद

साउन ६, काठमाडौं— नेत्रविक्रम चन्द (विप्लव) विप्लब समुहले चन्दाका लागि सुची गरेको गोप्य दस्तावेज प्रहरीले फेला पारेको छ ।

राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी संस्थानहरुबाट चन्दाका लागि २० लाख रुपैयाँसम्म लिने गरी तयार गरेको गोप्य सुची प्रहरीले फेला पारेको हो ।

प्रहरीले प्रहरीले शनिबार राति पक्राउ गरेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का पोलिटब्युरो सदस्य माइला लामाको साथबाट चन्दा उठाउन तयार पारिएको दस्तावेजह वरामद गरेको छ ।

प्रहरीले गत शनिबार राति लामा र विप्लबकै अर्का कार्यकर्ता रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो ।

यसअघि विप्लब समूहका नेता खड्गबहादुर विश्वकर्मालाई पनि चन्दा आतंक अभियोगमा पक्राउ गरिएको थियो । विश्वकर्मा अदालतको आदेशपछि रिहा भई भूमिगत छन् ।

विश्वकर्मापछि विप्लव नेतृत्वको नेकपाले आर्थिक संकलनको जिम्मा लामासहितका नेतालाई दिएको प्रहरीले बताएको छ ।