साउन ५ काठमाडौं — घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरस्थित पैतिखोला खेतको खाल्डोमा जमेको पानीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ ।
आइतबार साँझ करिब सात बजे हिलोसहितको खाल्डोमा पर्दा उनीहरु आत्तिएर तानातान गर्ने क्रममा खेतेको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।
मृत्यु हुनेमा १९ बर्षीया बसन्ती विक,१९ बर्षकै झरना विक र १६ बर्षीया अमृता विक रहेको प्रहरीले जनाएको छ । उनीहरु मध्ये झरना र अमृता दिदी बहिनी हुन भने बसन्ती फूपु हुन ।
उनीहरु खेतमा धान रोपेर घर तर्फ फर्कदै गर्दा खेतको खाल्डोमा रहेको पानीमा हात खुट्टा धुन लागेकोे बेला उक्त घटना भएको प्रहरीको भनाई छ ।
घटनालगतै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए पनि अस्पतालले भने तीनै जनालाई मृत घोषणा गरेको थियो ।