काठमाडौं, ५ साउन — १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका(३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझी रहेका छन् । उनिहरुलाई प्रहरीले शनिबार दिउँसो काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।