नेकपा सचिवालय बैठकले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिको इन्चार्ज र सह— इन्चार्ज

साउन ५ काठमाडौं — आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपा बैठकले ६ महानगरपालिकासहित ७७ वटै जिल्ला इन्चार्ज र सह—इन्चार्जको टुंगो लगाएको छ । नामावली भने आइतबार बेलुकासम्म सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
विभाग गठनका लागि अर्को बैठक भने मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । संगठन विभागको , आर्थिक विभाग, स्कुल र प्रचार विभागको भने टुंगिन बाँकी छ । नेकपाको ३२ विभाग रहनेछन्। पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ।