सानेपामा दुर्घटना —एम्बुलेन्स, ट्याक्सी र मोटरसाइकल ठोक्कियो, दुईजना घाइते

साउन ५, काठमाडौं — ललितपुरको सानेपामा आइतबार सवारी दुर्घटना भएको छ । एम्बुलेन्सले ट्याक्सी र मोटरसाईकललाई ठक्कर दिएको छ । चक्रपथ अन्तर्गतको स्टार हस्पिटल नजिकै एम्बुलेन्सले ठक्कर दिएको हो । तिर्थलाल ताजपुरिया स्मृति प्रतिष्ठानको बा १८ च ८१७२ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका हुन् । घाइतेको परिचय खुल्न बाँकी रहेको छ । उनीहरुको नजिकैको स्टार अस्पतालमा उपचार भइरहेको छ ।
यो क्षेत्रमा पटक पटक दुर्घटना हुने गरेको हो। यस क्षेत्रमा यस अघि भएको दुर्घटनामा पत्रकारसहित २ जनाको ज्यान गएको थियो ।