काठमाडौं — गायिका सिन्धु मल्लको ‘चिटिक्कै भाछु रे’ यतिबेला युट्युव ट्रेण्डिङमा आउन सफल भएको छ । मल्लले पुरानो गीतको केहि नयाँ पन दिएर यतिबेला भिडियो सार्वजनिक गरेकी छन् ।
गीतमा राजकुमार बगरका शब्द तथा सुदाम थापाको संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माका साथमा अन्य कलाकारले नृत्य गरेका छन् । शिव बिकले निर्देशन गरेको म्यूजिक भिडियोमा रामेश्वर कार्कीको छायांकन तथा सक्षमसिंह थापाको निर्माण रहेको छ ।
ट्रेण्डिङमा सिन्धु मल्लको ‘चिटिक्कै भाछु रे’
