एनसीसी बैंकद्धारा युसेप नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग

श्रावण ५, काठमाडौ—एनसीसी बैंकले भक्तपुर जिल्लामा रहेको एक बाल सुधार गृहलाई आर्थिक सहयोग गरेको छ ।

युसेप नेपाल नामक संस्थालाई व्यवस्थित गर्न र सुविधा सहितको पुस्तकालाय निर्माणका लागि बैंकले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत दिइएको सो रकम एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले वाल गृहका प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेका थिए ।