ईनारमा खसेर १५ वर्षे बालिकाको मृत्यु

साउन ५, काठमाडौं — दाङमा ईनारमा खसेर आइतबार बिहानै एकजनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १५ वर्षकी सम्झना बुढाको ईनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत विनोद विक्रम शाहले बताए ।

बिहानै घाँस काट्न गएकी सम्झनाकी आमा बिमा बुढा घर आएपछि छोरी खोज्ने क्रममा आफ्नै आँगनको इनार भित्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।