आरक्षण बचाउ आन्दोलनले प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीको पुत्ला जलायो

साउन ३, काठमाडौं— लामो समयदेखी आन्दोलनरत आरक्षण बचाउ संघर्ष समुहले विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीको पुत्ला जलाएका छन् ।

स्थानीय तहका लागि कर्मचारी भर्नामा लोकसेवा आयोगले परीक्षा लिएको भन्दै विरोधकर्ताले आरक्षण बचाउ आन्दोलनको चरणवद्ध कार्यक्रम अन्तर्गत शुक्रबार साँझ प्रधानमन्त्री र सामान्य प्रशाषनमन्त्रीको पुत्ला जलाएका हुन् ।

लोकसेवाले निकालेको विज्ञापन असमावेशी भएको भन्दै जनजाति, मधेसी लगायतले लामो समयदेखी विरोध गरिरहेका छन् ।

सर्वोच्चमा मुद्दा परेको भएपनि परीक्षा रोक्न अन्तरिम आदेश नआएपछि शुक्रबार स्थानीय तहका लागि कर्मचारी भर्नाको परीक्षा सञ्चालन गरिएको थियो ।
स्थानीय तहमा ९ हजार १६१ कर्मचारीका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको थियो ।