साउन ३, काठमाडौं — भक्तपुर नगरपालिका–९ लिवालीमका ४५ वर्षीय सूर्यलाल भूमीको आफ्नै घरको छतबाट खसेर मृत्यु छ ।
उनीको उपचारकै क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएकोे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले ईमेल खबरलाई बताए ।
भूमी तीनतले घरको छतमा चिप्लिएर लडेका थिए ।
मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।