साउन २, काठमाडौं — न्याय परिषद्ले एकैदिन २३४ न्यायाधीशहरुको सरुवा गरेको छ । न्यायालय सुधारका लागि चौथो पञ्चवर्षिय योजना लागु भएको दोस्रो दिननै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले २३४ न्यायाधीशहरुको सरुवा गरेका हुन् ।
प्रधान्यायाधीश जबराको अध्यक्षतामा रहेको न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरिएको हो । दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय बिहीबार बसेको परिषद् बैठकले गरेको हो । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश राणाले सरुवा गरेका हुन् ।
एकैदिन २३४ न्यायाधीशहरुको सरुवा
