साउन २, काठमाडौं — पूर्वगृहमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दश शर्माले सचिवहरूलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले आर्थिक वर्षको पहिलो साता सचिवसहितका सबै कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफल गर्दै उनले सचिवसहित कर्मचारीलाई आवश्यक तालिम नदिएका कारण अहिले कानुन निर्माणका कठिनाइ भइरहेको तर्फ पनि सचेत गराए ।