बुद्ध मूर्तिहरू तोडफोड भएपछि घटनाको चौतर्फी विरोध, यथाशीघ्र कानुनी कारबाही गर्न माग

साउन २, काठमाडौं — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड त्यसको चौतर्फी विरोध भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँ मिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएका छन् ।

बुद्धका मूर्ति तोडफोड गर्नेलाई नेपाली कांग्रेसले कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । घटनाको सत्यतथ्य छानबिन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति तोडफोड गर्ने कार्य निन्दनीय एवम् घोर आपत्तिजनक भएको उल्लेख छ ।

यस्तै भगवान गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिका घोर निन्दा र भ्रत्र्सना गरिएको तिलोत्तमा नगरपालिका नगर प्रमुख वासुदेव घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।