साउन २, काठमाडौं — गृहमन्त्री रामबहादुर थापा बादलले साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई विदाइ गरेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज विहान हज गर्न जाने १५६ सदस्यीय पहिलो टोलीलाई गृहमन्त्री थापा बादलले विदाइ गरेकोे हो ।
यसपाली १५ सय नेपाली साउदी अरबको मक्का मदिनामा हज गर्दै छन् । अघिल्लो वर्ष १२ सय जनाको लागि कोटा तय गरिएको थियो ।
गृहमन्त्री थापाले यसपाली नेपाली हज टोलीको ३ सय कोटा बढाउन सरकार सफल रहेको उल्लेख गरे ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई लगायत बिदाइ कार्यक्रममा उपस्थित थिए । साथै नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।