साउन १, काठमाडौं — गृहमन्त्री राम बहादुर थापा बाढीप्रभावित क्षेत्रमा उद्वार र राहतको अवस्था बुझ्न टोलीसहित पुगेका छन् ।
टोलीमा गृहमन्त्री थापा, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, उर्जा तथा जलस्रोत मन्त्री वर्षमान लगायत रहका छन् ।
टोलीले रौतहटका बाढीप्रभावित क्षेत्र, सुनसरीको कोशी व्यारेज वरिपरिको क्षेत्र, सप्तरीका क्षेत्र र महोत्तरकिा स्थानको अवस्थाका बारेमा बुझने बताइएको छ ।
अविरल वर्षासंगै आएको बाढीपहिरोका कारण मुलुकभर ८३ जनाको मृत्यु भएको छ भने ३५ जना बेपत्ता भएका छन् । यस्तै ४१ जना घाइते भएको केन्द्रको तथ्यांक छ ।