सर्वसम्मतले पारित भयो प्रदेश २ को बजेट

साउन १, काठमाडौं — प्रदेश २ सरकारले आर्थिक वर्ष ०७६र७७ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मतिका आधारमा बजेट पारित गरेको हो ।
प्रदेश  सरकारले गत असार १ रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो ।
मंगलबार संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले विगतमा मन्त्रीहरुले जे गरे पनि आगामी दिनमा सांसदहरुको सहभागितामा बजेट खर्च गर्ने प्रतिवद्वता जनाए ।
प्रदेश सरकारले यसपटक निर्वा्चित सांसदले रु ३ करोड र समानुपातिक सांसदले रु १ करोडका दरले पाउने गरी बजेट ल्याएको छ