पार्टी एकता टुङ्ग्याउन बालुवाटारमा नेकपाको बैठक जारी

असार ३१, काठमाडौं —काठमाडौं । पार्टी एकता टुंग्याउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा दलका शीर्ष नेताहरुको सहभागी रहेका छन् ।
बैठकमा पोलिटब्यूरो गठन, जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन लगायतको विषयमा छलफल भइरहेको नेताहरुले जनाएको छ ।।