असार ३१, काठमाडौं —सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंगिंने दाबी गरेका छन् ।
ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले भने ‘आज बेलुकीसम्म पार्टी एकताका काम टुंग्याउँछौं,’ । आज कार्यबिभाजन जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने बताएका छन् । उनले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने जानकारी दिए ।
मंगलबार बेलुकीसम्म पार्टी एकता टुंगिने प्रचण्डको दाबी
