असार ३०, काठमाडौं —स्थानीय तहको पदपूर्तिको लागि लोकसेवा आयोगले गरेको विज्ञापनमा समावेशीकरणको नभएको भन्दै समानुपातिक समावेशीताको संरक्षण तथा आरक्षण वचाउका लागि घोषित कार्यक्रम अन्तर्गत सिठी जलुुश कार्यक्रम गरिएको छ ।
राजधानीको सुन्धारा लगाएत देशका विभन्न ठाउहरुमा सिठी वजाउदै विरोध जुलुश सहित नगर परिक्रमा गरेका छन् ।राजधानीमा आयोजित सिठी जुलुश सुन्धारा, शान्तिवाटीका , बागबजार, पुतलीसडक हुदैँ शान्तिवाटीकामा आएर समापन गरिएको छ ।
लोक सेवा आयोगले गत जेठ १५ गते आह्वान गरेको स्थानीय तहको विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ५१५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको थियो ।