असार ३०, काठमाडौं — नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले उक्त निर्णयको जानकारी गराएका हुन् ।
काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा ६३,राष्ट्रिय सभामा १३ जना गरी कुल ७६ जना सांसद छन् ।
उनले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको आरोप लगाए ।
प्रमुख सचेतक खाणले विज्ञप्तिमार्फत सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा भएको बताए । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गरेको जनाएको छ ।
साथै काँग्रेस संसदीय दलले राष्ट्रिय विपदको दुःखद घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न आहवान समेत गरेको छ ।