असार, ३० काठमाडौं — विहिबारदेखि परेको अबिरल वर्षाका कारण उपत्यकाको एक मात्र सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन । वर्षाका कारण केही ठाउँमा बाटो बिग्रिएको र ल्याण्डफिल साइट हिलाम्य भएकाले फोहोर व्यवस्थापन हुन नसकेको कामपाले जनाएको छ ।
उपत्यकाका १८ स्थानीयतहहरुको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । हाल दैनिक ८ सय टन फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । कामपा वातावरण विभागले ल्याण्डफिल साइट सुख्खा हुनासाथ नियमित फोहोर व्यवस्थापन हुने जनाएको छ । उपत्यकाको फोहोर सिसडोल जान नसकेको कारण बाटोमा फोहोर थुप्रिन थालेको छ ।