असार ३०, काठमाडौं काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकमा उठेका विवादलाई पछि सहमतिमा परिमार्जन गर्ने गरी पार्टी नियमावली पारित गरेको छ ।
पार्टी कार्यालय सानेपामा असार २२ गतेदेखि जारी केन्द्रीय समिति बैठकले मस्यौदामाथि उठेका असन्तुष्टिलाई पछि समेट्ने गरी सर्वम्मतिले नियमावली पारित गरेको हो ।
आइतबारको बैठकमा २१ जना केन्द्रीय सदस्यले नियमावलीका प्रावधानमा आफ्नो धारणा राखेका थिए । यसअघि शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसिहत १८ जनाले आफ्नो धारण राखेको थिए ।
काँग्रेसको नियमावली पारित
