मलेसियाविरुद्धको टी–२० सिरिजमा नेपालको ऐतिहासिक जित

असार २९, काठमाडौं — नेपाली क्रिकेट टोलीले आज दोस्रो टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित हात पारेको छ । पहिलो खेलमा घरेलु टिम मलेसियालाई हराएको नेपालले दोस्रो खेलमा पनि जित निकाल्यो ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछाएको मलेसिया २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन मात्र बनाएपछि खेल नेपालले ६ रनले जितेको हो ।

मलेसियाका लागि सयेद अजिजले सर्वा्धिक ५० रन बनाएका थिए भने अमिनुद्दीन रामलीले २४, विरन्दीप सिंहले २३, अहमद फैजले १७ र शफिक शरिफले १० रन बनाएका थिए । त्यस्तै सर्भिन मुनियंडीले ९ रन बनाए भएन मुहमद स्याहदतले अविजित २१ रन बनाए ।

नेपाली बलर सोमपाल कामी र सन्दीप लामिछानेले २(२ विकेट लिएका थिए भने अविनाश बोहोरा, करण केसी र कप्तान पारस खड्काले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

नेपालका लागि बिनोद भण्डारीले सर्वा्धिक ५१ रन बनाएका थिए । विनोदले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए ।

त्यस्तै शरद भेस्वाकरले २८ बलमा ४० रन बनाए ।

त्यस्तै कप्तान पारस खड्काले २३ रन बनाए भने करण केसीले १६ रन बनाएका थिए । त्यस्तै आज ओपनिङ गरेका पवन सराफ १० रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ७ र रोहित पौडेल १९ रन बनाएर आउट भएका थिए ।

मलेसियाका बलर फित्री शामले सर्वा्धिक ३ विकेट लिएका थिए भने सयेद अजिज र सर्भिन मुनियंडीले एक एक विकेट लिएका थिए ।

टी–ट्वान्टी आईमा नेपालले बनाएको यो हालसम्मकै उच्च स्कोर हो । यसअघि सन् २०१४ को टी–ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्ध नेपालले १४९ रन बनाएको थियो ।
आगामी साउन ६ देखि सिंगापुरमा हुने आईसीसी टी–२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी–२० सिरिज खेलेको हो ।