आज २ सय ६ औं भानु जयन्ती मनाइँदैं

असार २९, काठमाडौं — नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ६ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । विसं १८७१ असार २९े तनहुँको चुँदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीबाट उनको जन्म भएको थियो ।
आचार्यले ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान र्पुयाएका थिए ।
उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । आचार्यको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।