बिपत व्यवस्थापनका लागि ३० हजार प्रहरी परिचालन

असार २८, काठमाडौं — देशभरमा आएको अविरल वर्षाले गर्दा आएको बाढी र पहिरोबाट पीडितहरुको उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना फिल्डमा खटिएको छ ।
मुलुकभर नेपाल प्रहरी ३० हजारभन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७०२, प्रदेश ३ मा ३ हजार ४०५, प्रदेश ६ मा ३ हजार ११२ र काठमाडौं उपत्यकामा ८ हजार ८५६ प्रहरी परिचालन भएको छ ।