असार २७, काठमाडौ— डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्त बहादुर लामा चार लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।
लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतवाट खटिएको टोलीले कार्यालय परिसर बाटै शुक्रबार दिउँसो ४ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले लामालाई कार्यकक्षबाटै घुस सहित पक्राउ गरिएको वताएका छन ।
लामा छुट पुर्जीको म्याद थप गराउने बहानामा सेवाग्राहीवाट घुस लिदा पक्राउ परेको र घटना वारे थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले वताएका छन ।