असार २६, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्टलाई पक्राउ गरेको छ ।
उनलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालको टोलीले बिहिवार पक्राउ गरेको हो ।
विष्ट घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेका थिए ।