असार २६, काठमाडौं — विप्लव नेकपाका जिल्ला सदस्य अमालुद्धिन भन्ने कमालुद्धिन अन्सारीलाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
उनलाई विहीबार पश्चिम नवलपरासीको रामग्राम १० बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
५७ बर्षीय अमालुद्धिन रामग्राम नगरपालिका १० नदवाका हुन् ।
उनी आगजनी गरि फरार रहेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीले नवलपरासीबाटै बुधबार विद्यार्थीका जिल्ला सदस्यलाई पनि पक्राउ गरेको थियो ।