सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि ‘कोर्ट म्यारिज’

असार २६, काठमाडौं — अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाँउपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए ।

दम्पतीले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन् ।

आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो ।

सा्रेत ः अन्नपूर्ण पोस्ट दैनिक