असार २५, काठमाडौं —प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन् । .
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि संसदीय व्यवस्था कायम गर्न माग गर्दे नारावाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए ।
प्रतिपक्षको बिरोध बिच संसद बैठक सञ्चालन
