असार २५, काठमाडौं — भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । दुवैतर्फबाट गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राई रहेका छन् । बुधबार बिहान साढे आठ बजे भएको घटनापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गोली लागेर घाइते भएका दुवैजनालाई अस्पताल र्पुयाए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुईजनाको मृत्यु
