असार २५, काठमाडौं — देशभर मनसुन सक्रिय हुनुका साथै आज अधिकांश क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने देखिएको छ । पश्चिमका क्षेत्रमा भने केही कम पानी पर्नेछ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।
मनसुन सक्रिय, देशका धेरै स्थानमा पानी पर्ने सम्भावना
