प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक

असार २४,काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

ओलीले समयअभाव रहेको भन्दै सोमबार मन्त्रिपरिषद् बैठक बीचमै स्थगित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

सोमबार साँझको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकले केही महत्वपूर्ण निर्णय गर्नेसक्ने बताइएको छ ।