२३ असार, काठमाडौं – संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित ४ राजदूतहरुको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार सोमबार बसेको बैठकले चारैजना प्रस्तावित राजदूतहरुको नाम भएका छन् अनुमोदित भएसँगै डा . बंशीधर मिश्र, महेशराज दाहाल, दावाफुटी शेर्पा, नारदनाथ भारद्वाज क्रमशः बंगलादेश, अस्ट्रेलिया, स्पेन र कतारका लागि राजूदत हुनेभएका छन् ।