असार २३, काठमाडौ —विग मर्जर गर्नु पर्ने राष्ट्र वैकको निर्देशन पछि सिटिजन्स बैंक इन्टरनेसनले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ ।
सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएपछि सोमबारदेखि सहयोगीको सेयर कारोबार रोक्का भएको छ ।
दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका थिए ।
हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यता, सहयोगी विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ छ।