ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

असार २१, काठमाडौं — काठमाडौंको बबरमहलमा शनिबार बिहान स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका दीपक थापाको ज्यान गएको हो ।

मृतक थापा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का रहेको प्रहरीले जनाएको छ ।

सिंहदरबार वृतका डीएसपी कौशल बुढाथोकीका अनुसार बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिएका थियो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक काभ्रेको पनौतीका रोहितसिंह ठकुरी रहेका छन् । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।