असार २०,काठमाडौं — यस बर्ष दाङमा ३३ जना प्रहरी कारवाहीमा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुले सन्तोषजनक काम नगरेको, आदेश नमानेको, अनुशासनहीन काम गरेको भन्दै कार्वाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमध्य ३ जना प्रहरी निरीक्षक, २ जना प्रहरी नायब निरीक्षक, ५ जना प्रहरी सहायक निरीक्षक, ५ जना प्रहरी हवल्दार र १९ जना प्रहरी जवान रहेका छन् ।
कारवाहीमा प्रदेश प्रहरी कार्यलयबाट १ जना र दाङ जिल्ला प्रहरी कार्यालयबाट २ जना प्रहरी निरीक्षक परेका हुन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङबाट २ जना प्रहरी नायब उपरीक्षक, प्रदेश नं. ५ वाट १ जना प्रहरी हवलदार र जिल्ला प्रहरी कार्यालय दाङबाट ४ जना प्रहरी हवलदार पक्राउ परेका हुन् ।
त्यस्तै प्रदेश प्रहरी कार्यालयबाट एक जना जवान र जिल्ला प्रहरी कार्यालय दाङबाट १८ जना जवान पक्राउ परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक नबराज पोख्रेलले जानकारी दिए ।