नेपाल एसबिआई बैंकको अध्यक्षमा सत्यनारायण चयन

 

असार २०, काठमाडौ —नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन भएका छन् ।

उनलाई असार १९ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।

यस अघि एसबीआइको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धक रुपमा बि.आर.एस. सत्यनारायण जिम्मेवारीमा थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बि.आर.एस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।