आइफा अवार्ड काठमाडौमा हुने कानुनमन्त्रीको दाबी

असार २०, काठमाडौं — बिबादित भारतीय फिल्म अवार्ड ‘आईफा’ अवार्ड काठमाडौमा हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले दाबी गरेका छन् ।
मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवार्डमाथिको प्रक्रिया अगाडि नबढाउन संसदीय समितिले दिएको निर्देशन, पर्यटन विभागको अन्योल, चौतर्फी आलोचनाका बीच मन्त्री ढकालले भने आईफा नहुने भन्नेबारे सरकारलाई कुनै जानकारी नभएको बताए ।
सरोकारवालासँग आवश्यक परामर्श र छलफल कम गरिएकै कारण केही विधेयक विवादमा तानिएको स्वीकार्दै मन्त्री ढकालले विज्ञ भनाउँदाहरुले ठेक्का लिएर विधेयक बनाउने गरेकाले विगतका विधेयकमा विवाद नहुने गरेको आरोप समेत लगाए ।