उपनिर्वाचनका लागीे मतदाता नामावली दर्ता सुरु ः निर्वाचन आयोग

 

असार २०,काठमाडौं —  तीन तहमा गरी ४७ पदमा उपनिर्वाचन गराउने उद्देश्यले निर्वाचन आयोगले मतदाता नामावली दर्ता अभियान सुरु गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचलित कानुनबमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारी गरिरहेको र त्यसैक्रममा मतदाता नामावली दर्ता अभियान सुरु गरिएको बताए ।

विभिन्न कारणले प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक गरी चार र नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष ३८ गरी कुल ४७ पदका लागि उपनिर्वाचन हुने जानकारी आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलले दिए ।
सा्रेत ः गोरखापत्र दैनिक