असार १८, काठमाडौं — भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने भएको छ । आईफा अवार्डका सम्बन्धमा सरकारको चौतर्फी आलोचनापछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने औपचारिक निर्णर्य गरेको हो ।
अवार्ड आयोजनाको अनुमानित एक अर्ब रुपैयाँ नेपाल सरकारले व्यहोर्ने समाचार बाहिर आए पछि तीव्र आलोचना भएको थियो । उक्त अवार्डका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको थियो । अवार्ड नगराउनको लागि बुधबार संसदीय समितिले निर्देशन दिएको थियो ।
सरकारले विश्वकै दोस्रो ठूलो चलचित्र उद्योगको चर्चित अवार्ड समारोहले पर्यटन प्रवद्र्धन गर्ने भन्दै आईफा अवार्ड नेपालमा गर्न लागेको थियो ।
अहिले सञ्चारमाध्यममा प्रस्तावित सम्झौतापत्र लिक भएको छ ।