असार १८, काठमाडौं —गुण्डा नाइके सत्यमान लामा ठगी आरोपमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो ।
काभ्रेका लामालाई पछिल्लो समय समाजसेवाको नाममा ठगी गरेको आरोप लागेको छ । काभ्रेको तेमाल गाउँपालिका–५ नारायणस्थानमा भूकम्पपीडितको नाममा अस्पताल बनाउँछु’ भन्दै उनले एक करोड ७५ लाख ठगी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
०७२ सालको भूकम्पपछि ताइवानको एक संस्थाबाट उनले भूकम्प प्रभावितका लागी २५ शैय्याको अस्पताल बनाउने भन्दै रकम लिएर डोजर मात्रै लगाएर छाडेका थिए।