असार १८, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा बोलेको भन्दैे सर्वसाधारणले चर्को आलोचना गरेका छन् । उनको पछिल्लो अभिव्यक्तिलाई ढाँटेको भन्दै आलोचना गरे हुन् ।
प्रधानमन्त्री ओलीले गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा ओलीले आफु प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्ने गरेको बताए । तर अहिले काठमाडौँमा माक्स लगाएर हिँड्नुपर्दैन भन्दै उनले भने “अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’
प्रधानमन्त्रीको भाषण भन्दा यथार्थ भने ठीक उल्टो छ । उपत्यकामा धुँवा र धुलो अत्यधिक भएकाले सडकमा माक्स नलगाएर हिँड्नै मुश्किल छ ।
स्रोत ः नागरिक दैनिक