आइफा अवार्ड रोक्न संसदीय समितिले दियो सरकारलाई निर्देशन

असार १७, काठमाडौं — आगामी अगष्ट अन्तिम साता आयोजना हुन लागेको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रीय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समिति बैठकले नेपालमा आयोजना हुने आइफा अवार्ड रोक्न निर्देशन दिएको हो । गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए ।
समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि थिए ।