श्रीलंकाको अर्को जित

एजेन्सी,

असार १७, काठमाडौं — विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले वेस्टइन्डिजलाई २३ रनले पराजित गरेको हो ।

इंग्ल्याण्डको चेस्टरमा श्रीलंकाले दिएको ३३९ रनकोे लक्ष्यलाई पछाएउदै वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउदा हारको सामाना गर्नुपर्यो ।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसैगरि फाबियन अलेनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने क्रिस गेलले ३५ रन मै आउट भए ।

त्यस्तै सिम्रन हिटमायरले २९ रन जोड्दा कप्तान जासन होल्डरले २६ रन बनाए । श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट बनाउदै ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले ।

यस्तै कुशल परेराले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा लाहिरु थिरिमानेले अविजित ४५ रन बनाए । त्यस्तै कुशल मेन्डिसले ३९, कप्तान दिमुथ करुणारत्नेले ३२ तथा एञ्जेलो म्याथ्युजले २६ रन बनाए । वेष्ट इण्डिजका जासन होल्डरले २ विकेट लिए ।

प्रतियोगितामा श्रीलंकाको यो तेस्रो जित हो । जितसंगै श्रीलंकाले ८ खेलबाट ८ अंक जोडेको छ । श्रीलंका तालिकाको छैटौं स्थानमा छ । वेष्ट इण्डिजले ८ खेलबाट मात्र ३ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेशबीच महत्वपूर्ण खेल हुदै छ ।