सरकारले निर्देशन विपरीत बजेटको अत्यधिक रकम खर्च, दैनिक साढे ४ अर्ब सकिँदै

असार १७, काठमाडौं —  असार सकिनै लाग्दा खर्चको आकार झन झन् बढ्दो छ । असारका १५ दिनको तथ्यांक हेर्दा दैनिक औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ ।

आर्थिक बर्ष सकिनै लाग्दा धमाधम बजेट खर्चिने प्रवृत्ति रोक्न संसदको अर्थ समितिले असारमा कुल बजेटको १० प्रतिशत मात्र खर्च गर्न पाउने व्यवस्था गरेको छ ।तर सरकारले एजन र संसदीय समितिको निर्देशन विपरीत बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ ।

असार महिना जति सकिन लाग्छ बजेटको आकार बढदै गएको छ । असार १ गते २ अर्ब ५९ करोड ३४ लाख खर्च भएको थियो । असार १० गते एकै दिन ७ अर्ब १४ करोड ४७ लाख खर्च भयो । १५ गते त झन् १० अर्ब ३६ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ ।

सा्रेत ः कान्तिपुर दैनिक