असार १७, काठमाडौं —पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफ्ना माग पूरा नभए पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने सरकारलाई चेतावनी दिएको छ ।
महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने चेतावनी दिएको हो ।
ट्यांकरहरू ८० प्रतिशत भारतीय क्षेत्रमा सञ्चालन हुने भएकाले त्यहाँको बिल कर प्रयोजनका लागि मान्य हुनुपर्ने महासंघको माग छ । महासंघले ट्यांकर चलाउँदा खर्च हुने डिजलको भ्याट फिर्ता पाउने व्यवस्था पनि सरकारले गरिदिनु पर्ने माग राखेको छ ।
।
सरकारलाई पेट्रोलियम ढुवानी व्यवसायीको १५ दिने अल्टिमेटम
![](https://www.emailkhabar.com/wp-content/uploads/2019/07/duwani-12.jpg)